हाम्रो बारेमा

सिभिल सोसाइटी नाउ (सिएसएन) पिपुल इन नीड (पिन) को नागरिक समाज संस्थाहरूको क्षमता विकास लागि मुख्य टुल ( tool) हो, जसले पिन भित्रको बिषयगत, संस्थागत, र परियोजना चक्र व्यवस्थापनसम्बन्धी ज्ञानलाई स्रोत केन्द्र र सेवा प्याकेजको रूपमा समेट्छ। यसको उद्देश्य नागरिक समाज संस्थाहरू (CSOs) को नेतृत्वमा क्षमता विकासलाई प्रवर्द्धन गर्नु हो।

पिन सानो नागरिक समाज संस्थाबाट स्थापित हुदै हाल अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (INGO) सम्मको विकास यात्रा र अनुभवलाई आधार बनाई सिएसएन सदस्यहरूलाई मार्गदर्शन प्रदान गर्छ । पिनका कर्मचारीहरूले आफ्नो व्यावहारिक अनुभव साट्दै वा आदनप्रदान गर्दै सिएसएन सदस्यहरूलाई सहायता सस्था सञ्चालनसम्बन्धी प्राविधिक परामर्श, कोर नीतिहरू र प्रक्रियाका लागि सम्पादन योग्य टेम्प्लेटहरू अंग्रेजी तथा नेपाली भाषाहरूमा उपलब्ध छन्।

सिएसएन ले अनलाइन तथा भौतिक कार्यक्रमहरूको माध्यमबाट क्षमता विकासका लागि अवसरहरू सिर्जना गर्छ, जसले सिएसएन सदस्यहरूलाई अन्य विशेषज्ञहरूसँग जोड्ने, सहकर्मी-देखि-सहकर्मी सिकाइ आदनप्रदान लाइ लाई प्रोत्साहन गर्ने, र दातासँग सञ्जाल विस्तार गर्ने अवसर प्रदान गर्छ। यसले नागरिक समाज सशक्तिकरणका लागि विभिन्न देश-स्तरीय पहल तथा सञ्जालहरूसँग सक्रिय रूपमा समायोजन गर्छ।

सन् २०२४ सम्म, सिएसएन का नेपाल, मङ्गोलिया, युक्रेन लगायत विभिन्न देशहरूमा ९० भन्दा बढी संस्थाहरु सदस्य छन्।